काठमाडौंमा आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्राष्ट्रिय सम्मेलन
नेपालमा पहिलो आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्राष्ट्रिय सम्मेलन भएको छ ।
ब्रिटिस कलेजले इन्स्टिच्यूट अफ इन्जिनियरिङ (आईओई), पुल्चोक क्याम्पस र इन्स्टिच्यूट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियर्सको साझेदारीमा ५ नोभेम्बरदेखि सम्मेलन गरेकाे हाे ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षाविद्, उद्योग विशेषज्ञ, अनुसन्धानकर्ता, नीति निर्माता र विद्यार्थी गरी सय भन्दा बढीले शोध निष्कर्ष तथा अनुभव प्रस्तुत गरेका थिए ।
चार अन्तर्राष्ट्रिय मुख्य वक्ताहरुले एआई, मेसिन लर्निङ, गहन अध्ययन, ठूलो डेटा, दीगो कम्प्युटिङ, अन्तरराष्ट्रिय व्यापारबारे आफ्नो अनुसन्धान परिणाम र अनुभव समेत प्रस्तुत भए । कलेजले देशभर सम्मेलन तथा वर्कसप गर्ने लक्ष्य लिएको छ ।
सम्मेलनबाट प्राप्त ज्ञानको नतिजा फैलाउन बहुपक्षीय कार्यशालाहरु आयोजना गर्ने समेत कलेजेको लक्ष्य छ ।