कास्कीको निर्वाचन कार्यालय नजिकै बम बिस्फोट
कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ ।
बिहान राष्ट्र ब्यांक चोंक नजिकै निर्माणाधीन बसपार्कभित्र बम बिस्फोट भएको हो । प्रहरीका बम बिस्फोट भएको स्थानबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै छ ।
बिस्फोटबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । कास्की–२, मा प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल लगायतले उम्मेद्वारी दिने तयारी गरेको छ ।