राम रहीमकी सहयोगी हनीप्रितलाई जमानत
भारतीय एक अदालतले डेरा सच्चा सौदा प्रमुख गुरुमित सिंह राम रहीमकी सहयोगी हनीप्रितलाई जमानतमा रिहा गरेको छ ।
रिहा भएपछि हनीप्रित बुधबार साँझ अम्बालाको एक जेलबाट बाहिर आएकी छन् ।
हनीप्रित करीब दुई वर्षदेखि जेलमा बस्दै आएकी छन् । उनीमाथि अदालतले राम रहीमलाई बलात्कारको दोषी घोषणा गरेपछि हिंसा भड्काएको आरोप लगाएको थियो ।
यसअघि उनीमाथि लगाइएको देशद्रोहीको आरोप हटाइएको थियो । यसबाट उनलाई जमानत मिल्न सक्ने अड्कल गरिएको थियो ।
भारतमा बाबा बनेर धर्मको आडमा आम मानिसलाई आर्थिक र यौन शोषण गर्ने र पक्राउ पर्ने क्रम बढ्दै गएको छ ।
बाबा राम रहीमलाई पनि एक बिलासी र बलात्कारी घोषणा गर्दै भारतीय एक अदालतले जन्मकैदको सजाय दिएको छ । राम रहीम सो सजाय काट्दै छन् । –एजेन्सी