कालापानीबारे नेपाल सरकारको धारणा : एक पक्षीय निर्णय मान्य छैन
भारतले जारी गरेको नयाँ नक्साको सर्वत्र विरोध भइरहँदा नेपाल सरकारको औपचारिक धारणा सार्वजनिक भएको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै भारतीय नक्सामा कालापानी समेटिएको विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
कालापानी क्षेत्र नेपालको भूभाग हो भन्नेमा नेपाल सरकार स्पष्ट रहेको बताएको छ ।
परराष्ट्रको विज्ञप्तिमा टुंगिन बाँकी रहेका सीमा विवादका विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताएको छ ।
दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज तथ्य प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्ने नेपाल दृढ रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।