शुल्क विवादबारे प्रधानमन्त्रीले डाकेको बैठक सकियो, सरकारले कडा निर्णय लिदै
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षाकाे शुल्क विवादबारे डाकेको बैठक भर्खरै सम्पन्न भएको छ ।
बैठकमा सहभागी त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले हिमालखबरसँग कुरा गर्दैै शुल्क विवादबारे प्रधानमन्त्रीले डाकेको बैठक सम्पन्न भएको बताएका हुन् ।
शुल्क विवाद चर्किएपछि प्रधानमन्त्रीले सल्लाहकार विष्णु रिमाललाई बैठक गर्ने जिम्मेवारी दिएका थिए ।
प्रधानमन्त्रीको उक्त निर्देशन अनुसार बुधबार दिउँसो बालुवाटारमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, शिक्षामन्त्री लगायत अधिकारीहरूको बैठक बसेको थियो ।
उक्त बैठकमा सरकारले तोकेको शुल्क कार्यान्वयन गर्ने विषयमा सहमति जुटेको छ ।
स्रोतका अनुसार बैठकपछि सरकारले शुल्क कार्यान्वयनका लागि कडा निर्णय लिने तयारी छ ।
त्रिविका उपकुलपति बास्कोटाले सरकारले तोकेको शुल्क कार्यान्वयनका लागि केही बेरमा चिकित्सा शिक्षा आयोगले निर्णय गर्ने तयारी गरेको बताए ।