गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लियो अपहरणकारी
१४ वर्षीय एक किशोर अपहरण गरी फरौती माग गर्ने पर्सा पोखरिया नगरपालिका–६ का एक युवकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
काभ्रे बस्दै आएका वीरगञ्ज महानरपालिका–२५, सिर्सियाका अमजद खानका छोरा अपहरण गरी २० वर्षीय राजकुमार दासले १२ लाख फिरौती मागेका थिए । फिरौती लिन बुधबार बिहान सवा १ बजेतिर सिर्सिया खलवाटोलमा आएका दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
फिरौती लिएर भाग्ने क्रममा प्रहरीले गोली चलाउर दासलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए ।
दासलाई ती किशोरलाई १० कात्तिकमा अपहरण गरेका थिए । फिरौती नदिए हत्याको धम्की दिएका थिए ।
प्रहरीको गोली अपहरणकारीको दाहिने खुट्टाको घुँडामुनिको भागमा लागेको छ । उनको साथबाट भारतीय नम्बर प्लेटको प्लाटिना मोटरसाइकल, कटुवा पेस्तोल र त्यसको चार थान गोली र एक थान मोबाइल बरामद गरिएको छ ।