अर्घाखाँचीमा कार दुर्घटना, तीन जनाको मृत्यु
अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिकाकी ७० वर्षीय दुर्गादेवी खड्का, सोही ठाउँका ४३ वर्षीय भक्तबहादुर खड्का र ४० वर्षीय तिलक बहादुर खड्का रहेका छन् ।
दुर्घटनामा कारका चालक २७ वर्षीय विनोद खड्का घाइते भएका छन् । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार विहान ९ बजे दुर्घटना भएको प्रहरी चौकी नरपानीले जनाएको छ ।
जिल्ला सदरमुकाम सन्धिखर्कबाट २० किलोमिटरको दूरी घटना भएको हो ।