जिंकलाई हराउँदै डिफेन्डिङ च्याम्पियन लिभरपुल शीर्ष स्थानमा उक्लियो
यूरोपियन च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले रेसिङ जिंक बिरुद्ध जित निकालेको छ ।
१४औं मिनेटमै गोल गर्दै लिभरपुुलले अग्रता लिएको थियो । लिभरपुलका लागि गर्जिनियोले गोल गरेका थिए । तर, पहिलो हाफको ४०औं मिनेटमा जिंकले गोल फर्काउदै बराबरीका अवस्था बनायो । जिंकका लागि समटाले गोल फर्काए ।
दोस्रो हाफमा एलेक्सले गोल थप गर्दै लिभरपुलले २–१ को अग्रता बनायो । यसपछि दुवै पक्षबाट गोल हुन नसकेपछि लिभरपुल विजयी भयो ।
यो सँगै चार खेलबाट समूह ‘ई’मा रहेको लिभरपुल ९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।