तीन दिवसीय क्रिकेटः एमसीसी विरुद्ध नेपाल फिल्डिङमा
तीन दिवसीय क्रिकेटमा मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) बिरुद्ध नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ ।
२५ ओभरको खेल सकिदा एमसीसीले एक विकेटको क्षतिमा ७९ रन जोडेको छ । किर्तिपुर मैदानमा जारी खेलमा शरषद भेषवाकर र सोमपाल कामी बाहेक सवै नेपाली क्रिकेटरका यो फस्ट क्लास तीन दिवसीयमा डेब्यू खेल हुन् ।
नेपालको टीममा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, पवन सर्राफ, बिनोद भण्डारी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी र शरद भेषवाकर छन् ।
नेपालमा टूरमा रहेको एमसीसीले यसअगाडि नेपालको यू–१९ र राष्ट्रिय टीमसँग एक दिवसीय खेलिसकेको छ भने अब पोखरा एघार र मुख्यमन्त्री एघारसँग पोखरा मैदानमा खेल्नेछ ।