बार्सिलोनासँग अंक खोस्यो स्लाभियाले
यूरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनासँग स्लाभियाले अंक खासेको छ ।
बार्सिलोना सँग गोल रहित बराबरी खेल्दै स्लाभियाले अंक खोसेको हो । राम्रो अवसर बनाए पनि बार्सिलोनाले गोल गर्न सकेन ।
समूह ‘एफ’मा रहेको बार्सिलोनासँग अंक खोसे पनि स्लाभिया चार खेलबाट दुई अंक जोडे पनि अंक तालिकाको अन्तिममै रह्यो । बार्सिलोना भने चार खेलबाट आठ अंक जोड्दै शीर्ष स्थानमै रहेको छ ।
लियोनल मेसी, ग्रीजम्यान र डेम्बेलेलाई रोक्न सफल स्लाभियाले समेत गोल गर्ने थुप्रै अवसर सिर्जना गरेको थियो । तर, गोल गर्न भने सकेन ।