कला/साहित्य मंगलबार, कात्तिक १९, २०७६

सप्तरङ्ग– २ भाेलिदेखि शुरु

हिमालखबर

सप्तरङ्ग–२ सातै प्रदेशमा हुने सांगीतिक यात्रा भोलिदेखि शुरु हुने भएको छ ।

सातै प्रदेशमा हुने कार्यक्रममा सातै जनाले आफ्नो प्रस्तुति दिने छन् ।

भोलिको प्रस्तुति दिन आफूहरु बिर्तामोड पुगिसकेको गायक सुगम पोख्रेलले जानकारी दिएका छन् ।

कार्यक्रममा सुगम पोख्रेल, राजेश हमाल, मेलिना राई, प्रकाश सपुत, हिमाल सागर, जितु नेपाल, रवि ओडकाे प्रस्तुति हुनेछ ।

पर्यटन प्रवर्द्धन र समुन्नतिका लागि कार्यक्रमको आयोजना गरिएको आयोजक ग्रीष्मा ब्रोडकाष्टिङले बताएको छ ।

यसले पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि सहयोग गर्ने आयोजकको दाबी छ ।

सात वटा प्रदेशमा सप्तरङ्ग–२ भोलिबाट बिर्तामोडबाट शुरु भएर चितवन, वीरगन्ज, महेन्द्रनगर

सुर्खेत हुँदै पोखरामा आएर मंसीर ४ गते समापन हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस