समाचारमंगलबार, १९ कार्तिक , २०७६

आलमको बयान बुधबार पनि

हिमालखबर

फरहदवा नरसंहारको अभियोगमा जन्मकैदको माग गरिएका मोहम्मद आफताव आलमको बयान बुधबार पनि हुने भएको छ ।

मंगलबार छोटो बयान भएको र बाँकी बयान बुधबार हुने सरकारी वकिलको कार्यालयले जनाएको छ । अदालत खुल्नासाथ अदालत लगिएका आलमको बयान भने दिउँसो ३ः१५ बजे मात्रै शुरु भएको थियो ।

न्यायाधीश दीपक ढकालको इजलासमा आलमलाई छोटो बयान लिइएको हो । आलम तर्फकै वकिलका कारण बयान ढिलो भएको थियो । आलम तर्फका वकिलले मुद्दाको मिसिलको फोटोकपी नपाएको भनेपछि बयान ढिलो भएको थियो ।

२७ चैत २०६४ राति जिउँदै मान्छे जलाएको अभियोगमा आलम सहित १० जनालाई जन्मकैदको माग सहित जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रतिकृया दिनुहोस