कला/साहित्य मंगलबार, कात्तिक १९, २०७६

भोट माग्दै ‘मिस नेपाल वर्ल्ड-२०१९’ अनुष्का श्रेष्ठ

हिमालखबर

बेलायतमा डिसेम्बर १४ मा आयोजना हुन लागेको ‘मिस वर्ल्ड २०१९’ मा सहभागी हुन लागेकी ‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठले भोट गर्न अपिल गरेकी छिन् । 

‘मिस वर्ल्ड २०१९’मा उत्कृष्ट प्रस्तुति दिने तयारी गरिरहेकी श्रेष्ठले आफ्नो प्रस्तुतिसँगै भोट जरुरी रहेकाले सबैको साथ चाहिएको बताएकी छिन् । ‘मल्टिमिडिया अवार्ड’ मा सर्वाधिक भोट पाउने प्रतियोगी सोझै उत्कृष्ट २० मा पुग्नेछन् । यसका लागि अनुष्काले भोटको अपिल गरेकी हुन् ।

उनलाई भोट गर्नका लागि अफिसियल भोटिङ एप मोबस्टार डाउनलोड गरी उनका पोस्टहरुमा लाइक गर्नुपर्ने हुन्छ ।

उत्कृष्ट २० मा ‘मल्टिमिडिया’ अवार्डबाट पुग्न सकेको खण्डमा त्यो भन्दा अगाडि पुग्नका लागि पनि योजना बनाएकी छिन् । देशको प्रतिनिधित्व गर्ने भएकाले सबैले साथ दिन अनुरोध गरेकी छिन् ।

 

प्रतिकृया दिनुहोस