दिल्लीलाई प्रदूषणले घेर्दा भारतीय पर्यावरणमन्त्रीको सुझाव: गाँजर खानुस्
दिल्ली र आसपासको क्षेत्रमा प्रदूषण खतरनाक स्तरमा फैलिएको विषय अहिले भारतमा चिन्ताको विषय बनिरहेको छ। त्यहाँको सर्वोच्च न्यायालयले दिल्लीको वातावरण जीवनका लागि प्रतिकूल भएको भन्दै केन्द्र सरकार र राज्य सरकारलाई प्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्न सजग गराइसकेको छ।
यसैबीच, भारतका केन्द्रीय पर्यावरणमन्त्री प्रकाश जावडेकरले प्रदूषणबाट बच्ने उपाय सुझाएका छन्। प्रदूषणबाट स्वास्थ्यमा हुने असरबाट जोगिन सघाउने भन्दै उनले गाँजर खान सुझाव दिएका छन्।
मन्त्री जावडेकरले ट्विट मार्फत प्रदूषणबाट बच्न गाँजर खानुपर्ने सल्लाह दिएका हुन्।
गाँजरमा भिटामिन ए, पोटासियम र एन्टीअक्सिडेन्ट तत्व पाइने र यसबाट प्रदूषणका कारण स्वास्थ्यमा हुने नोक्सानीबाट पनि बच्न सकिने उनले उल्लेख गरेका छन्। - एजेन्सी