भारतीय नक्सामा नेपाली भू–भाग पर्नु आपत्तिजनकः राप्रपा
भारतले केही समय अगाडि जारी गरेको नयाँ नक्सामा नेपाली भू–भाग मिचिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ ।
नेपाली भू–भाग कालापानी, लिपुलेक, लिम्पयाधुरालाई भारतले आफ्नो देशको नक्सामा समेटेको भन्दै राप्रपाले आपत्ति जनाएको छ ।
प्रवक्ता मोहन श्रेष्ठले जारी विज्ञप्तीमा भनिएको छ, “सो भू–भाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगत देखि नै निरन्तर विरोध गर्दै आएको छ । नेपाली भू–भाग भारतीय नक्सामा समेटिनु आपत्ति जनक र अस्वीकार्य छ ।”
राप्रपाले कुटनैतिक पहल कदमी लिन नेपाल सरकारसँग माग गरेको छ।