समाचारमंगलबार, १९ कार्तिक , २०७६

नवनियुक्त प्रदेश प्रमुखहरुले लिए सपथ

हिमालखबर

तस्वीरः कृष्ण पाैडेल

सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान नौ बजे शीतल निवासमा आयोजित समारोहमा प्रदेश प्रमुखहरुलाई सपथ गराएकी हुन्।

सोमबार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेकी थिइन्। प्रदेश १ मा सोमनाथ अधिकारी 'प्यासी', प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त नियुक्त भएका छन्।

सरकारले नेपाली कांग्रेसको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरु हटाउँदै नयाँ नियुक्त गरेको हो। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले आइतबार सातै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखका लागि सात जनाको नाम छनोट गरेको थियो।

प्रतिकृया दिनुहोस