महरालाई अदालतबाटै कारागार लगियो
काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै जबर्जस्ती करणी उद्योगको अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागार लगिएको छ ।
डिल्ली बजार कारागारका प्रमुख अरुण पोखरेलका अनुसार, उनलाई साढे ५ बजे कारागार पुर्याइएको हो ।
अदालतले आदेशसँगै डिल्लीबजार कारागारलाई पत्र पठाएको थियो र पत्र पाउने बित्तिकै कारागार लगिएको हो । पोखरेलले भने, "इन्ट्रीको काम भएपछि उहाँको स्वास्थ्य जाँच भित्रै पनि हुन्छ, आवश्यक परे अस्पताल लग्ने हो ।"
१९ असोजमा पक्राउ गरेर प्रहरी वृत्त सिंहदरबारमा लगे पनि त्यसको चार दिन पछि स्वास्थ्यको कारण देखाउँदै नर्भिक अस्पताल थापाथलीमा बसेका थिए ।