माधव नेपालले ‘हरुवा’ भनेका प्रसाईं ओलीका पुराना मित्र
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको सिफारिसअनुसार, सातै पद्रेशमा प्रदेश प्रमुख नियुक्ति प्रक्रिया अगाडि बढेको छ ।
तर, सचिवालयका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश प्रमुख नियुक्ति प्रक्रियामा कडा आपत्ति जनाएका छन् । नेता नेपालले व्यक्ति भन्दा पनि सिफारिस प्रक्रियामा एक्लौटी गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
नेता नेपालले आफूले सिफारिस गरेको व्यक्तिबारे छलफल नभएको अभिव्यक्ति दिएका छन् । नेता नेपालले अमृतकुमार बोहरा, वेदुराम भुषााल, विश्वकान्त मैनाली, रघुजी पन्त र श्रीमाया थकालीको नाम समेत प्रस्ताव गरेका थिए ।
यी नामबारे छलफल नभए पछि दिएका अभिव्यक्तिमा नेता नेपालले स्थानीय तहको निर्वाचनमा पराजितलाई प्रदेश प्रमुखमा सिफारिस गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्ला झापाका बिष्णु प्रसाई प्रदेश प्रमुखमा सिफारिस भए । जबकी, सोमबार बिहानसम्म प्रसाइको नाम अनौपचारिक छलफलमा समेत थिएन । बरु, ओली निकटकै नेताहरुले समेत प्राडा केआर खम्बुको नाम लिइरहेका थिए ।
तर, दिउँसो बसेको सचिवालयमा खम्बु नभई प्रसाई प्रदेश प्रमुखमा सिफारिस भए । नेता नेपालले यो नाम प्रति आपत्ति जनाए पछि प्रसाईं को हुन् भन्ने चर्चा शुरु भएको छ ।
ओली सँगै २०२८ को झापा विद्रोहमा संलग्न नेता हुन् । झापा मेचीनगरका प्रसाईंले २०४३ मा जनपक्षीय उम्मेद्वार बन्दै धाइजन गाउँ पञ्चायतमा प्रधानपञ्च निर्वाचित भएका थिए ।
०४९ को स्थानीय निर्वाचनमा प्रसाईं झापा जिल्ला विकास समितिको उपसभापति बने । त्यस यता भने उनी जनअनुमोदित हुन सकेका छैनन् ।
२०६४ को संविधानसभा निर्वाचनमा पराजित प्रसाईं २०७४ मा मेची नगरपालिकामा मेयरका लागि उम्मेद्वार बनेका थिए । तर, निर्वाचन भने उनले जित्न सकेनन् ।
संसदीय निर्वाचन जित्न नसकेपछि राष्ट्रिय राजनीतिले खासै नचिन्ने प्रसाईं नेकपा एक नम्बर प्रदेश कमिटी सदस्य हुन् ।
अमिक शेरचन जनमोर्चा नेपालका अध्यक्ष थिए । माओवादी शान्तिपूर्ण राजनीतिमा आए पछि शेरचन नेतृत्वको जनमोर्चा माओवादीमै एकताबद्ध भयो ।
माओवादी सरकारमा शेरचन उपप्रधानमन्त्री रहे । हालः शेरचन नेकपामा आवद्ध छन् ।
उनी पूर्व सभासद हुन् । २०४३ सालमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेद्वार बनेर अधिकारीले जितेका थिए ।
पूर्व पर्यटन मन्त्री रविन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि हुन लागेको उपनिर्वाचनमा अधिकारी पनि आकांक्षी थिए ।
तिलक परियारः उनी पूर्व सभासद हुन् । प्रदेश प्रमुखमा सिफारिस भएका यादव पुराना कम्युुनिष्ट नेता हुन् । उनी अहिले नेकपाका केन्द्रीय सदस्य छन् । डडेलधुराका गोविन्द कलौनी पुर्व एमालेमा सक्रिय थिए ।
चितवनकी त्रिपाठी तत्कालीन माओवादी सम्वद्ध वेपत्ता परिवार समाजको अध्यक्ष हुन् । उनका श्रीमान ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले वेपत्ता पारेको थियो ।
सिफारिस भएका मध्ये प्यासी, प्रसाइ, कलौनी र यादव ओलीका निकट हुन् भने शेरचन, त्रिपाठी र परियार अर्का अध्यक्ष पुष्पकमल दाहाल निकट हुन् ।