महरा पुर्पक्षका लागि थुनामा, डिल्लीबजार कारागार पठाउने आदेश
जबर्जस्तीकरण सम्बन्धी अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार, दुई दिनसम्म थुनछेक बहस भए पछि महरालाई डिल्लीबजार कारागार पठाउने आदेश पठाउने दिएको हो ।
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले प्राप्त प्रमाणका आधारमा महरालाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भएको भन्दै पुर्पक्षमै पठाउने आदेश दिएको छ ।