नेकपाले सिफारिस गर्यो सात प्रदेश प्रमुख (नामावली सहित)
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका लागि सात जनालाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सात जनाको नाम सिफारिस गरेको छ । बैठकले झापाका बिष्णु प्रसाई, सिराहाका धर्मनाथ यादव, काठमाडौंका शर्मिला त्रिपाठी, कास्कीका सोमनाथ प्यासी, बाँकेका तिलक परियार, चितवनका अमिक शेरचन र डडेलधुराका गोविन्द कलौनीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ ।
यिनै सात जनालाई प्रदेश प्रमुखहरुमा सिफारिस गरिने महासचिव बिष्णुप्रसाद पौडेलले बताए ।
कसलाई कुन प्रदेश दिने भन्ने निर्णय मन्त्रिपरिषदले गर्ने भएको छ । मन्त्रिपरिषदको सिफारिस पछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रमुख नियुक्त गर्ने छन् ।
आइतबार सातै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको थियो ।
याे पनिः