डा. गोविन्द केसी आजदेखि डडेल्धुरामा अनशन बस्ने
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सुदूरपश्चिमको डडेल्धुरामा आज साँझदेखि अनशन शुरु गर्ने भएका छन् ।
डा. केसीले हिमालखबरसँग संक्षिप्त कुरा गर्दै चिकित्सा शिक्षा सुधारका लागि आफूले १७औँ पटक अनशन शुरु गर्न लागेको बताए।
यसपटक उनको अनशनस्थल डडेल्धुरा हुने भएको छ ।
तर, कुन ठाउँमा अनशन बस्ने भन्ने निश्चित भइनसकेको उनले बताए।
मनपरी चिकित्सा शिक्षाा शुल्क निर्धारण, पदाधिकारी नियुक्तिमा मापदण्ड मिचेको लगायतका माग राखी केसीले थाल्न लागेका हुन् ।