ज्ञानेन्द्रको कप्तानीमा पहिलो खेल, एमसीसी बिरुद्ध नेपाल फिल्डिङमा
पारस खड्काले राजीनामा दिए पछि कप्तान बनेका ज्ञानेन्द्र मल्लको नेतृत्वमा पहिलो पटक नेपाल मैदानमा उत्रिएको छ ।
नेपाल टूरमा रहेको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङ गरिरहेको छ ।
किर्तिपुर मैदानमा जारी खेलमा नेपालले एमसीसीको पाँच विकेट लिइसकेको छ । ३८ ओभरमा ७ विकेट गुमाउँदै १९७ रन जोडेकाे एमसीसी विरुद्ध नेपालका लागि ललितनारायण राजवंशीले तीन, पवन सर्राफ तीन र अभिनास बोहोराले एक विकेट लिएका छन् ।
यो खेलमा पारस खड्का र सन्दीप लामिछाने खेलेका छैनन् । नेपाली टीममा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, शरद भेषावकर, विनोद भण्डारी, पवन सर्राफ, करण केसी, ललितनारायण राजवंशी, बिक्रम सोब र अभिनाश बोहोरा छन् ।