१२ वर्षमा विश्वभर ११०० पत्रकारको हत्या, ९० प्रतिशत हत्यारालाई दोषी मानिएन: यूनेस्को
संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (यूनेस्को) ले पत्रकारलाई लक्षित गरी हिंसा बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।
यूनेस्कोको एक रिपोर्ट अनुसार सन् २०१७ र २०१८ मा मारिएका पत्रकारमध्ये ५५ प्रतिशतको हत्या संघर्ष हित क्षेत्रमा भएको थियो। यसले राजनीति, अपराध र भ्रष्टाचारसम्बन्धी रिपोर्टिङ गरेकोमा पत्रकारलाई निशाना बनाउने प्रवृत्ति बढेको देखाएको छ।
यूनेस्कोको रिपोर्ट अनुसार सन् २००६ देखि २०१८ सम्म विश्वभर १ हजार १०९ पत्रकारको हत्या भएको छ। ती घटनामा करीब ९० प्रतिशत हत्यारालाई दोषी करार नगरिएको रिपोर्टमा उल्लेख छ।
रिपोर्टका अनुसार, पत्रकारका लागि अरब मुलुक सबैभन्दा खतरनाक र असुरक्षित छ, जहाँ समग्र हत्याको ३० प्रतिशत हत्या भएको छ। अरब मुलुकपछि खतराको सूचीमा ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्र (२६ प्रतिशत) र एशिया तथा प्रशान्त देश (२४ प्रतिशत) आउँछन्। – एजेन्सी