थप समाचारसोमबार, १८ कार्तिक , २०७६

बाग्लुङको ढोरपाटन नगरपालिका-३ का वडाध्यक्ष नेकपामा प्रवेश

रासस

ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

पार्टी प्रवेशपछि वडाध्यक्ष घर्तीले विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्न मूल पार्टीमै फर्केको प्रतिक्रिया दिए।

घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता पार्टी परित्याग गरी आइतबार नेकपामा प्रवेश गरेको नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरेले जानकारी दिए। पार्टी प्रवेश गर्नेमा मोर्चाको गण्डकी प्रदेश समितिका कोषाध्यक्ष एवं जिल्ला सदस्य गुञ्जबहादुर भण्डारीलगायत छन्।

सोही अवसरमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको युवा सङ्गठनका केन्द्रीय सदस्य एवम् धवलागिरि इञ्चार्ज सुमित घर्ती पनि नेकपामा प्रवेश गरेको जनाइएको छ। पार्टी प्रवेश गर्नेलाई नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज बलावती शर्मा, नेकपाका नेता एवं प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढाले स्वागत गरेका थिए।

प्रतिकृया दिनुहोस