थप समाचारसोमबार, १८ कार्तिक , २०७६

तेजपत्ता: स्वाद र स्वास्थ्य दुवैमा उपयोगी

हिमालखबर

सामान्यतया तेजपत्ता हामी स्वादको लागि चिया वा तरकारीमा प्रयोग गर्छौं। खानेकुरामा मसलाको रुपमा उपयोग गरिने तेजपत्ता स्वास्थ्यको दृष्टिले पनि निकै फाइदाजनक जडीबुटी हो। सुगन्धित स्वाद हुने यसको पत्तामा आवश्यक पोषक तत्व र खनिज हुन्छ। यसमा भिटामिन ए र सी पाइन्छ।

औषधीय गुणयुक्त तेजपत्ता क्यान्सर जस्ता घातक रोगमा पनि फाइदाजनक हुने अनुसन्धानबाट देखिएको छ।

तेजपत्तामा भिटामिन ए र सीका साथै फोलिक एसिड पनि हुन्छ। यदि तपाईंलाई पेटसम्बन्धी समस्या छ भने तेजपत्ताले धेरै फाइदा पुर्‍याउँछ।

अनुसन्धानबाट तेजपत्ता मधुमेहमा पनि प्रभावकारी देखिएको छ। सन् २०१६ मा जर्नल अफ बायोकेमिकल न्यूट्रिशनमा प्रकाशित शोधमा टाइप २ मधुमेहबाट पीडित व्यक्तिले तेजपत्ता खानु उपयोगी हुने उल्लेख गरिएको छ।  यसबाट बिरामीको रगतमा ग्लूकोजको मात्रा सामान्य हुने र कोलेस्ट्रोलमा पनि सुधार हुने शोधमा लेखिएको छ।

तेजपत्तामा कपर, पोटाशियम, क्याल्सियम र आयरन पनि हुन्छ, जुन स्वास्थ्यका लागि आवश्यक मानिन्छ। पेटसम्बन्धी सबै समस्यामा तेजपत्ता लाभकारी हुन्छ। कब्जियत र एसिडिटीको समस्यामा तेजपत्ताले औषधिकै काम गर्छ।

यदि तपाईंलाई निद्राको समस्या छ भने तेजपत्ता खान सक्नुहुन्छ। यसको उपयोगबाट मीठो निद्रा लाग्ने बताइन्छ। यसका साथै, दाँतको स्वास्थ्यको लागि पनि तेजपत्ता फाइदाजनक हुन्छ। यसमा हुने भिटामिन सीले दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ। तेजपत्ता एन्टी-इन्फ्लेमेटरी गुणले भरपूर हुने भएकाले यसले दाँतको दुखाइ पनि दूर गर्छ।

सचेत हुनुपर्ने कुरा के हो भने, तेजपत्ता अत्यधिक उपयोग गर्नु घातक पनि हुनसक्छ। कतिपय अनुसन्धानले तेजपत्ताको बढी उपयोगबाट यसमा हुने कक्स-टू नामक एन्जाइमले शरीर सुन्निने समस्या निम्तिन सक्छ। - एजेन्सी

प्रतिकृया दिनुहोस