कला/साहित्यआइतबार, १७ कार्तिक , २०७६

नेपथ्यको नयाँ गीतमा चेलीको वेदना (भिडियाे सहित)

हिमालखबर

लमजुङकी एक किशोरीले रैथाने भाका हालेर सुनाएको विरह वेदनामा आधारित गीत नेपथ्यले नयाँ भिडियोका साथ सार्वजनिक गरेको छ।

ब्याण्डले पछिल्लो समय तयार पारेको यस गीतलाई पहिलोपटक भिडियोका साथ सार्वजनिक गरेको हो।

‘मैले हुर्कने बेलामै आमाबाट यो भाका सुनेको थिएँ,’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘आमाले लमजुङ तिरको भाका भनेर

गुनगुनाउनु भएको यसलाई पछि मैले पोखरामा पनि केही ठाउँमा सुनेको याद छ।’

आमा समूहको सांगीतिक टोली नाचगान देखाउन आएको बेला एक किशोरीले गाउँदा मन छोएकोले त्यसैलाई भाका हालेर तयार गरेको गायक गुरुङले बताए ।

गीत ब्याण्डले कालिकास्थानको नेपालयस्थित आरशालामा यो गीत रेकर्ड गरेको हो।

परम्परागत ‘वन टेक’ मै रेकर्ड गर्दाको स्टुडियोकै लाइभ भिडियो फुटेजलाई जोडेर यसलाई श्रब्यदृश्य दुवैको आनन्द लिन सकिने हिसाबले तयार पारिएको हो।

हिजो आज सांगीतिक एल्बमको प्रचलनले अर्थ गुमाउँदै गएको अवस्थामा नेपालयले यसका प्रत्येक सिर्जनाहरु आइट्युन, गुगलप्ले र स्पोटिफाइ जस्ता ‘भर्चुअल स्टोर’हरुका माध्यमबाट सार्वजनिक गर्दै आएको छ ।

त्यसबाहेक ब्याण्ड र श्रोताहरुलाई नजिक्याउन नेपथ्यले आफ्ना गीतहरु ब्यान्डको आधिकारिक युट्युब च्यानलमा राखेको छ ।

प्रतिकृया दिनुहोस