सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी छन् । आइतबार साँझ विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखहरुको पदमुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) अनुसार प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको जनाइएको छ ।
संविधानमा यस्ताे व्यवस्था छ ।
संविधानले प्रदेश प्रमुखहरुकाे कार्यकाल पाँच वर्ष ताेकिदिएकाे छ ।
तर, पदमुक्त भएका प्रदेश प्रमुखहरु नियुक्त भएकाे दुई वर्ष पनि भएकाे छैन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३ माघ २०७४ मा ताेकेका प्रदेश प्रमुखहरुलाई आइतबारकाे मन्त्रिपरिषद बैठकले पद मु्क्त गरेकाे हाे ।