महराको थुनछेक बहस हेर्दाहेर्दैमा राखियो, सोमबार ३१ वकिलले बहस गर्ने
संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ ।
आइतबार वादी पक्षका वकिलहरुको बहस सकिए पछि महरा पक्षका एक वकिलले मात्रै बहस गरे । महराका पक्षमा बहस गर्न ३२ वकिलले नाम दर्ता गरे पछि सोमबारका लागि बहस स्थगित गरिएको हो ।
महरा पक्षका वकिलहरुको बहस सकिए पछि अदालतले पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधरण तारेखमा छोड्ने भन्ने निर्णय लिनेछ । शनिबार महरालाई अदालतले पाँच घण्टा लामो बयान लिएको थियो ।
सरकारी वकिलको कार्यालयले महरा बिरुद्ध जबर्जस्ती करणी सम्बन्धी अभियोग दर्ता गरेको छ ।
मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्ष माथिका महिलालाई करणी गरे न्यूनतम सात देखि १० वर्षसम्म कैदको व्यवस्था छ । महराका हकमा यसको आधा मात्रै लागू हुँदा साढे तीन देखि पाँच वर्षसम्म कैद सजाय हुन सक्छ ।
तर, महरा सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले थप डेढी सजाय माग गरिएको छ ।