सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो (अपडेट)
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।
मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो ।
दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् । केही शवहरु खोलाले बगाएको र दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने बताइएकाे छ ।
अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।
शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सिकुटेबाट सुनकोशी नदीमा खसेको हो ।
मृतकको नाम खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बस नदीमा खसेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
पाँच जनाको भने सकुशल उद्धार गरिएको छ । शैलुंगेश्वर–५, का चालक धनबहादुर तामाङ भने सकुशल छन् ।
तर, चोटका कारण उनलाई पनि अस्पतालमा भर्ना गरिएको छ । बसमा ४० जना जति यात्रु रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।