सिकुटेबाट सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु, उद्धार जारी
दोलखाबाट काठमाडौं आउँदै गरको बस सुनकोशी नदीमा बस्दा ६ जनाको मृत्यु भएको छ । शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सिकुटेबाट सुनकोशी नदीमा खसेको हो ।
मृतकको नाम खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बस नदीमा खसेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
पाँच जनाको भने सकुशल उद्धार गरिएको छ । शैलुंगेश्वर–५, का चालक धनबहादुर तामाङ भने सकुशल छन् ।
तर, चोटका कारण उनलाई पनि अस्पतालमा भर्ना गरिएको छ । बसमा ४० जना जति यात्रु रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।