नेपाल यू–१९ लाई एमसीसीले दियो ३३५ रनको चुनौती
नेपाल यू–१९ लाई मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले ३३५ रनको चुनौती प्रस्तुत गरेको छ ।
नेपाल टूरमा आएको एमसीसीले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । किर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा आक्रामक थालनि गरेको एमसीसीले सात विकेटको क्षतिमा ३३४ रन जोडेको छ ।
नेपालका लागि सागर ढकालले दुई, शेर मल्ल दुई, कुशल मल्ल एक, आकाश चन्द एक र हरि चौहानले एक विकेट लिए ।
११० रन जोडिसके एमसीसीका लागि १७औं ओभरमा सागर ढकालले पहिलो विकेट लिएका थिए । उनले २२ रनमा बिल्ली गोड्लेम्यानलाई आउट गरे । नेपालका लागि दोस्रो र तेस्रो विकेट शेर मल्लले लिए । मल्लले ९३ रन जोडिसकेका विल रोडस्लाई आउट गरे भने जिम्मी अडम्सलाई शून्य रनमै आउट गरे ।
एमसीसीका लागि टम वेस्ट्लेले ६० रन, विल भण्डारस्पारले २४, माइल हामोण्डले ६५, क्यालम ज्याक्सन २, यासिर आरफात १ रन र एड ओङ २५ रन जोडे ।
रीत गौतमको कप्तानीमा नेपालको प्लेइङ इलेभेनमा लोकेश बम, हरि चौहान, खडक बोहोरा, बिशाल केसी, अरुण ऐरी, कुशल मल्ल, प्रतिस जिसी, शेर मल्ल, आकाश चन्द र सागर ढकाल छन् ।