एमसीसी विरुद्ध नेपाल यू–१९ फिल्डिङमा
मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) बिरुद्ध नेपाल यू–१९ ले टस जितेर फिल्डिङ गरिरहेकोछ ।
ब्याटिङको निम्तो पाएको एमसीसीले आक्रामक थालनि गरेको छ । ११० रन जोडिसकेपछि मात्रै नेपालले पहिलो विकेट लियो । १७औं ओभरमा सागर ढकालले २२ रनमा बिल्ली गोड्लेम्यानलाई आउट गरे । नेपालका लागि दोस्रो विकेट शेर मल्लले लिए । उनले ९३ रन जोडिसकेका विल रोडस्लाई आउट गरे ।
मल्लले नै जिम्मी अडम्सलाई शून्य रनमै आउट गर्दै नेपालका लागि तेस्रो विकेट लिए । ३३ ओभरको खेल सकिदा एमसीसीले तीन विकेटको क्षतिमा १८१ रन जोडेको छ ।
रीत गौतमको कप्तानीमा नेपालको प्लेइङ इलेभेनमा लोकेश बम, हरि चौहान, खडक बोहोरा, बिशाल केसी, अरुण ऐरी, कुशल मल्ल, प्रतिस जिसी, शेर मल्ल, आकाश चन्द र सागर ढकाल छन् ।