महराको थुनछेक बहस हुँदै
संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी उद्योगको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको केही बेर पछि काठमाडौं जिल्लामा थुनछेक बहस हुँदैछ ।
आरोपित महरालाई अदालतमा ल्याइसके पछि बहस शुरु हुने अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए ।
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासमा बहस हुनेछ । शनिबार महरासँग अदालतले बयान लिइसकेकाले आज सरकारी वकिल र महराको तर्फबाट वकिलहरुले बहस गर्नेछन् ।
सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा बुझाएको अभियोगपत्रमा सबैभन्दा बलियो प्रमाण घटनास्थलबाट प्रहरीले बरामद गरेको अडियो र भिडियोलाई मानेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध बिहीबार अभियोगपत्र (मुद्दा) दर्ता गराएको थियो । शुक्रबार महराको अदालती बयान भइसकेको छ ।