समाजवादी पार्टीले टुंग्यायो उम्मेद्वार
समाजवादी पार्टीले आगामी १४ मंसीरमा हुने उपनिर्वाचनका लागि उम्मेद्वार टुंगो लगाएको छ ।
समाजवादीले कास्की–२, मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धर्मराज गुरुङलाई टिकट दिएको छ । गुरुङ इन्जिनियर हुन् । बाग्लुङ र दाङमा हुने प्रदेशसभा निर्वाचनका लागि समेत उम्मेद्वार टुंगो लगाएको छ ।
बाग्लुङ–२, (ख)मा अशोककुमार विश्वकर्मा र दाङ–३, (ख)मा डिल्लीबहादुर डाँगीलाई समाजवादी पार्टीले टिकट दिएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसले भने अझै उम्मेद्वार टुंगो लगाउन सकेको छैन । कांग्रेसले आजै उम्मेद्वार टुंगो लगाउने तयारी गरेको छ भने नेकपाले सोमबार मात्रै उम्मेद्वार टुंगो लगाउने संभावना छ ।