मेसीको गोलले जोगाउन सकेन बार्सिलोनाको लज्जास्पद हार
ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले शनिबार राति सकिएको खेलमा भने लज्जास्पद हार बेहोरेको छ ।
लेभान्टे सँग बार्सिलोना ३–१ गेल अन्तरले पराजित भएको छ । लियोनल मेसीले ३८औं मिनेटमा गोल गर्दै लिएको अग्रता बार्सिलोनाले जोगाउन सकेन ।
पहिलो हाफमा १–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल खान पुग्यो । पहिलो हाफमा पछाडि परेको लेभान्टेले दोस्रो हाफमा आक्रामक खेल्यो । बार्सिलोनाको पोष्ट ६१औं र ६३औं मिनेटमा गोल गर्दै लेभान्टेले अग्रता लियो । यसको पाँच मिनेट नबित्दै ६८औं मिनेटमै गोल थप्दै बार्सिलोनालाई दुई गोल अन्तरले पछाडि धकेल्यो ।
बाँकी समयमा बार्सिलोनाले गोल गर्न नसक्दा लज्जास्पद पराजय भोग्नु पर्यो । पराजयसँगै ११ खेलबाट बार्सिलोनाले २२ अंक जोडेको छ ।
समान खेल र अंकका साज रियल मड्रिड दोस्रो स्थानमा छ । मड्रिडलाई बार्सिलोनाले गोल अन्तरले पछाडि पारेको हो ।