थप समाचारशनिबार, १६ कार्तिक , २०७६

वीरगञ्जमा छठपर्वकाे चहलपहल (फाेटाे–एसे \भिडियाे)

हिमालखबर

तस्वीर\भिडियाे : मनिष पाैडेल

वीरगञ्जमा छठपर्वकाे चहलपहल बढेकाे छ । यहाँका तलाउ, पाेखरीहरु सजाइएका छन् । बजार, चाेक, गल्ली सबै छठमय छन्। 

 

छठपर्वको आज तेस्राे दिन भएकाले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्य आराधना  गरिन्छ । तराई–मधेसका समुदायबीच ज्यादै महत्वपूर्ण मानिने छठपर्व विधिवत रुपमा आज मनाउन लागिएको हो।

छठ व्रतालुहरुले पहिलो दिन नजिकैको नदी, पोखरी तथा तालहरुमा नुहाएर पवित्र हुने र दोस्राे दिन राति दूध लगायत मिष्ठान भोजन ग्रहण गर्ने गर्दछन् (जसलाई रसिआव रोटी भनिन्छ) ।

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिवत रुपमा समापन हुन्छ ।

तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाको पौराणिक महत्व बोकेको वीरगञ्जकाे घडीअर्वा, नगवा, रानीघाट, मुर्ली, छपकैया लगायत पोखरी तथा सरोवरसहितको पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सजाइएको छ ।

प्रत्येक वर्ष छठ मनाउनेको संख्यामा वृद्धि हुनुका साथै देशका विभिन्न स्थानमा छठ मनाउन थालिएको छ ।

 

 

प्रतिकृया दिनुहोस