नेकपाले आइतबार उपनिर्वाचनका लागि उम्मेद्वार तय गर्ने
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे ब्रिफिङ गरेका छन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, प्रधानमन्त्री ओलीले आफ्नो मिर्गौलाले काम नगरेकाले नियमित डायलासिस गर्नुपर्ने बताए । ग्राण्डी अस्पतालमा दुई पटक डायलासिस गरिएको र आज वा भोलि फेरि गर्ने प्रधानमन्त्री ओलीले बताए ।
गम्भीर समस्या भएर नभई केही समस्या देखिएकाले डायलासिस गरिएको उनले बताए । स्वास्थ्य रिपोर्ट आएपछि थप निर्णय हुने समेत जानकारी गराइएको छ ।
शनिबार बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेद्वारबारे भने निर्णय गरेन । आइतबार फेरि सचिवालय बैठक बसेर उम्मेद्वारको टुंगो लगाइने प्रवक्ता श्रेष्ठले बताए ।