समाचारशुक्रबार, १५ कार्तिक , २०७६

दुर्घटनामा विदेशी पर्यटकको मृत्यु

रासस

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मस्र्याङ्दी रिसोर्ट नजिक शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा परी एक विदेशी पर्यटकको मृत्यु भएको छ ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्रदेश ३–०२००५ प ७६०८ नं को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक विदेशी पर्यटकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेदरल्याण्डका नागरिक ६२ वर्षीय ज्याकप स्याक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

मोटरसाइकल दुर्घटनामा घाइते भएका उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस