करेन्ट लागेर दुई जनाको मृत्यु
जनकपुरमा विद्युत प्रसारण लाइनको तार खस्दा करेण्ट लागेर दुइजनाको मृत्यु भएको छ ।
जनकपुर उपमहानगरपालिका–२० देवपुरा रुपैठामा २७ साउन राति प्रसारण लाइनको तार खस्दा करेण्ट लागेर दुईजनाको मृत्यु भएको हो ।
देवपुरा रुपैठाका १२ वर्षीय सुरज महतो र २६ वर्षीय मुरारी साहको करेण्ट लागेर घटनास्थलमा नै मृत्यु भएको छ ।
सुरज महतोको शरीरमा तार खसेपछि बचाउन पुगेका मुरारी साहलाई पनि करेन्ट लागेको हो ।
दुबैजनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जनाए ।
ईश्वरचन्द्र झा