सवारी दुर्घटनामा पूर्व सांसद महतोको मृत्यु
धनुषाका पूर्व सांसद रामलखन महतोको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका–१, साइकलमा हिडिरहेका महतोलाई बसले ठक्कर दिएको थियो ।
ठक्कर पछि घाइते महतोलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
महतो २०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट सांसद निर्वाचित भएका थिए । धनुषा–५, बाट पूर्व राष्ट्रपति रामवरण यादवलाई पराजित गर्दै महतो सांसद निर्वाचित भएका थिए ।