छात्रामैत्री शौचालयले छात्राहरु नियमित विद्यालय जान थाले
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –६ कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय सञ्चालन भएपछि महिनावारी भएका बेला पनि छात्राहरु नियमित विद्यालय जान थालेका छन् ।
विद्यालयकै आन्तरिक स्रोतबाट छात्रामैत्री शौचालयको व्यवस्था गरिएको हो । शौचालयभित्रै पानी, महिनावारी हुँदा आवश्यक पर्ने सेनेटरी प्याड, साबुनलगायतको व्यवस्था गरेपछि महिनावारीका बेला पहिला विद्यालय नआउनेहरु अहिले नियमित आउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर साउदले बताए । उनका अनुसार प्रयोग गरिसकेका प्याड फाल्नका लागि इन्सुलेटरको व्यवस्था पनि विद्यालयले गरेको छ ।
विद्यालयले छात्रामैत्री शौचालय तथा आवश्यक सामग्री व्यवस्थापनको जिम्मेवारी एक महिला शिक्षकलाई तोकेको छ । सहज शौचालय भएकै कारण छात्राहरुले कक्षा नियमित गरेको प्रमाणित भएको साउदको भनाइ छ ।
विद्यालयले अन्य शौचालय तथा पानीको व्यवस्थापनमा पनि विशेष ध्यान पु¥याएको जनाएको छ । अपाङ्गता भएका विद्यार्थीका लागि शौचालय प्रयोगमा सहजता ल्याउन ¥याम्पको पनि व्यवस्था मिलाइएको छ ।