आईएसले चुन्यो नयाँ नेता, अल–बग्दादी मारिएको पुष्टि
इस्लामिक स्टेट (आईएस)ले अबु बकर अल–बग्दादी मारिएको पुष्टि गरेको छ । आईएसले बग्दादीको उत्तराधिकारी समेत घोषणा गरेको छ ।
उसले अडियो टेप मार्फत् नयाँ उत्तराधिकारीका रुपमा अल–हाशेमी अल–कुरैशीलाई घोषणा गरेको छ । तर, नयाँ उत्तराधिकारीबारे थप केही खुलाइएको छैन ।
उनी पश्चिमा विरुद्ध लडाइ गरेका अनुभवी लडाकू रहेको जनाइएको छ । गत शनिबार अल–बग्दादी अमेरिकी विशेष सुरक्षा कार्बाहीमा मारिएका थिए ।
आईएसले प्रवक्ता अबु अल–हसन अल–मुजाहिर समेत कार्बाहीमा मारिएको पुष्टि गरेको छ ।