आचारसंहिता पालना गर्न दलहरु प्रतिबद्ध
देशका सबै राजनीतिक दलले आगामी १४ मंसीरमा हुने उपनिर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचन आयोगमा भएको उपनिर्वाचनको तयारी तथा आचार संहिताका सम्बन्धमा भएको छलफलमा १७ राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालनाको पूर्ण प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सरकारले पनि निर्वाचन आचारसंहिता पालना गर्दैै सरोकारवालाहरूबाट पनि त्यसको उल्लङ्घन हुन नदिने दृढता व्यक्त गरेको छ ।
पप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाली कांग्रेसका एनपी साउद, समाजवादी पार्टीका शिवजी यादव, राष्ट्रिय जनता पार्टीका सुरेन्द्र झालगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।