लेनिन विष्टलाई फर्काउनु असंवैधानिक: सर्वाेच्च
सर्वोच्च अदालतले त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्व माओवादी कार्यकर्ता लेनिन विष्टलाई फर्काउने सरकारको निर्णय असंवैधानिक भएको फैसला गरेको छ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले आज थाइल्याण्ड जान लागेको बेला विमानस्थलबाट फर्काउने कार्य असंवैधानिक भएको फैसला गरेको हो ।
फैसलामा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्ररुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्न नहुने र आगामी दिनमा निज विरुद्ध कुनै पनि यस्ता कार्य गर्नु नहुने उल्लेख छ ।
थाइल्याण्डको एउटा कार्यक्रममा ८ भदौ २०७५ जान लागेका विष्टलाई विमानस्थलबाट फर्काउने सरकारको निर्णयविरुद्ध विष्टले १४ भदौ २०७५ मा सर्वाेच्चमा रिट निवेदन दायर भएको थियो ।
याे पनि