कांग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप, नौ जना घाइते
धनुषामा नेपाली कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी दुई पक्षका नौ जना घाइते भएका छन् ।
क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैया भवाडीमा बुधबार कांग्रेस क्षेत्र नं ४ ले छठपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमपश्चात् समाजवादी पार्टी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।
कार्यक्रमपश्चात् टेन्टको सामान ओसारपसार गर्ने क्रममा सामान्य विवाद उत्पन्न भई झडपमा परिणत हुँदा नौ जना घाइते भएको इलाका प्रहरी कर्यालय महेन्द्रनगरले जनाएको छ ।