पाकिस्तानी रेलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ७३ पुग्यो (अपडेट)
पाकिस्तानको रेलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।
मृत्यु हुनेहरु मध्ये धेरैको पहिचान खुल्न सकेको छैन । तेज गाम एक्सप्रेसमा लागेको आगोमा ४० जना घाइते भएका छन् ।
रहीम यार खानका डेप्युटी कमिश्नर जमील अहमद जमीलले बिबिसीलाई दिएको जानकारी अनुसार गुडिरहेको रेलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ७३ पुगेको र घाइतेको संख्या ४० पुगेको छ ।
अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ । घाइतेहरुको उपचार शेख जाएद अस्पतालको बर्न सेन्टरमा भइरहेको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुर्घटनाको जानकारी लिँदै दु:ख व्यक्त गरेका छन् । साथै उनले घाइतेहरुको राम्राेसँग उपचार गर्न आदेश दिएका छन्।
रेलमन्त्री शेख रशीदले यात्रीहरुको बिमा भएकाले आर्थिक नोक्सान क्षतिपूर्ति हुने जानकारी दिएका छन्।
उनका अनुसार मृतकलाई १५ लाख र घाइतेहरुलाई पाँच लाख रुपैयाँ सहयोग दिइने छ ।