खेलकुदबिहिबार, १४ कार्तिक , २०७६

सर्वाधिक देशमा खेल्ने क्रिकेटर सन्दीप लामिछाने, बलिङमा दोस्रो

हिमालखबर

नेपालका लेग स्पिनर सन्दीप लामिछाने एक वर्षमा सर्वाधिक देशबाट खेल्ने क्रिकेटर बनेका छन् ।

द क्रिकेट मन्थीले गरेको सन् २०१८ अक्टोबर देखि स्न २०१९ सेप्टेम्बर सम्मको खेलका आधारमा गरेको सर्वेक्षणमा सन्दीप सवैभन्दा धेरै देशबाट खेल्ने खेलाडी बनेका हुन् । नेपाल सहित सन्दीपले एक वर्षमा आठ देशबाट खेलेका छन् ।

 

सन्दीपले देशका लागि तीन वटा एक दिवसीय र ११ टी–२० खेलेका छन् । सन्दीप सँगै धेरै देशबाट खेल्नेमा अफगानिस्तानका नाजिबुल्लाह जर्दान पनि छन् । उनले पनि आठ वटै देशबाट खेलेका छन् ।

धेरै वटा क्लबबाट खेल्नेमा पनि शीर्ष स्थानमै छन् । उनले नेपाल सहित सात टीमबाट खेलेका छन् । यो एक वर्षमा सन्दीपले आईपीएल, बिग बास, सीपीएल, बीपीएल र पीएसएल क्लबबाट खेलेका छन् ।

 

सवैभन्दा धेरै बलिङ गर्ने सूचीमा सन्दीप दोस्रो स्थानमा छन् । उनले एक वर्षमा ९८५ बल फालेका छन् । शीर्ष स्थानमा भने अफगानिस्तानका रासिद खान छन् । उनले १३५५ बल फालेका छन् ।

 

 

प्रतिकृया दिनुहोस