ब्याङ्किङ\वित्त\बीमा
ग्लोबल आईएमई ब्याङ्क र साउदी अरबको ब्याङ्क अलबिलाद बीच रेमिटेन्स सेवा दिने सम्बन्धी सम्झौता भएको छ ।
अलबिलादबाट रकम पठाउँदा सेवाग्राहीले नेपालमा ग्लोबल आईएमई ब्याङ्क तथा यसका एजेन्टहरू मार्फत सहज रूपमा रकम प्राप्त गर्न सक्नेछन् ।
लक्ष्मी ब्याङ्कले सञ्चालन गरेको माई कार्ड आइडियाज प्रतियोगितामा टीशा श्रेष्ठको डिजाइन उत्कृष्ट भएको छ ।
ब्याङ्कको नयाँ भिसा कार्डको डिजाइन बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको थियो ।
विजेताले रु.३ लाख ५० हजार नगद पुरस्कार पाउनेछन् । यसैबीच, ब्याङ्कले काठमाडौंको ताहाचलमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।
यो ब्याङ्कको ११६औं शाखा हो ।