एनसेलको चार गुणा डेटा बोनस
एनसेल ले तिहार र छठको अवसरमा फोरजीमा चार गुणा बढी डेटा बोनस दिने योजना सार्वजनिक गरेको छ ।
८ कात्तिकबाट १५ दिनसम्म लागू हुने यो योजनामा एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी डेटा प्याक खरीद गर्ने ग्राहकले चार गुणा बढी डेटा उपयोग गर्न सक्नेछन् ।
करसहित रु.१९.१५ शुल्क रहेको ७५ एमबी प्याक खरीद गर्दा ग्राहकले थप २२५ एमबी फोरजी डेटा पाउनेछन् ।
त्यसैगरी करसहित रु.९५.७७ शुल्कमा आउने ५०० एमबीको खरीदमा थप १५०० एमबी फोरजी डेटा बोनस स्वरुप प्रयोग गर्न पाउनेछन् ।