नयाँ डिजाइनमा सामसङ को ग्यालेक्सी ए ३० एस
सामसङ ले ‘ग्यालेक्सी ए ३० एस’ नयाँ डिजाइनमा बजारमा ल्याएको छ ।
युवा पुस्तालाई लक्षित गरी यसमा नयाँ फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।
यसमा २५ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा तथा ५ मेगापिक्सलको नयाँ डेप्थ क्यामरा सहित तीनवटा रियर क्यामरा छन् ।
४ हजार एमएएचको शक्तिशाली ब्याट्री र १५ वाटको फास्ट चार्जिङ प्रविधि रहेको स्मार्टफोनमा ६.४ इन्चको एचडी प्लस सुपर एमोलेड इन्फिनिटी–भी डिस्प्ले छ ।
अन स्क्रिन फिङ्गर प्रिन्ट स्क्यानर राखिएको मोबाइल फोन ४ जीबी र्याम एवं १२८ जीबी स्टोरेजका साथ उपलब्ध छ । यसको मूल्य रु.३१ हजार ८९० तोकिएको छ ।